आज शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाउने



काठमाडौं, असोज २२ । मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै भोलि मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटेको उनले बताए । शीर्ष नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई चार–चार मन्त्रालय लिने सहमति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्