नुवाकोट पञ्चकन्याका खेलाडी सम्मानित, प्रति खेलाडी पाए ४० हजार प्रोत्साहन नगद



नुवाकोट, असोज २२ । जिल्लाको पञ्चकन्या गाउँपालिकाले विभिन्न प्रतिस्पर्धात्मक भलिबल खेलमा सहभागी खेलाडीलाई नगद प्रोत्साहनसहित सम्मान गरेको छ।

गाउँपालिकाले गत फागुन महिनामा दुप्चेश्वर गाउँपालिकामा सम्पन्न भलिबल प्रतियोगितामा सहभागी भइ उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीलाई सम्मान गरेको हो। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम भएका खेलाडी समूहलाई गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले प्रतिखेलाडी ४० हजार नगदसहित सम्मान गरेका हुन।

नगद ४० हजारसहित सम्मान पाउने खेलाडीहरुमा सन्जय शाह ठकुरी, समीर शाह, साजन शाह, सुमन थापा, सुजन थापा, सन्तोष थापा, पाण्डब बिष्ट, उपेन्द्र तामाङ, विशाल बोगटी, मौसम तामाङ, केशव नेपाली, सन्तोष थापा, प्रशिक्षक भिम नमकुल, ब्यवस्थापक राजकुमार शाही रहेका छन् ।

त्यस्तै गत फागुनमै पञ्चकन्यामा भएको भलिबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेर सान्त्वना प्राप्त गरेका बी समूहलाई समेत नगद ५ हजार प्रतिब्यक्ति सहित सम्मानपत्र प्रदान गरिएको छ। सो समूहका सम्मानित खेलाडीमा प्रतीक शाही, सुजन तामाङ, रन्जित नेपाली, करण तामाङ, गणेशकुमार थापा, प्रताप मल्ल, रुकेश श्रेष्ठ, सुदिप तामाङ र राजेश विक रहेका छन।

पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामबाबु पराजुलीको सभापतित्वमा सुरु भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष सीता पराजुली, प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट, पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डिल्लीबहादुर थापा, वडा नम्बर २ का अध्यक्ष ध्रुव मिश्र लगायतले खेल र खेलाडीको प्रसंशासहित बडा दशैको शुभकामना आदानप्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्