कम्युनिस्ट पाटी जाेगाउन विद्रोहः नेता चाैधरी



वुटवल,असोज २३ । नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादी पाटीका केन्द्रीय सदस्य मेटमणि चाैधरीले कम्युनिस्ट पाटी जाेगाउनका लागि विद्राेह गरेकाे वताएका छन । नेपालमा हिजाे कम्युनिस्ट पाटी भनेर चिनिएकाे एमाले पछिल्लो समय वली कम्पनी पाटीमा रुपान्तरण भएपछि आफुहरुले विद्राेह गरेर नयाँ पाटी दर्ता गरेकाे बताए । एकीकृत समाजवादी गुल्मी-रुपन्देही सम्पर्क मञ्चले आयाेजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै नेता चाैधरीले आफुहरु एमालेमै रहेर पनि कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पाटी जाेगाउने कुनैपनि आधार नभएको उनले दावी गरे ।

नेपालमा सवैभन्दा ठुलाे र जनताकाे पाटीले संविधान मिच्ने, संविधान विपरीत ससंदकाे दुई-दुई पटक हत्या गर्ने कुनै पनि हालतमा कम्युनिस्ट पाटी हुन नसक्ने भन्दै प्रतिनिधि सभा सदस्य समेत रहेका चाैधरीले भने` अहिले बाहिर जसरी हल्ला गरेर आगामी निर्वाचनमा वहुमत ल्याउछु भन्ने केपी वली कम्पनीको पाटीले निर्वाचन के नारा लिएर जनतामा जान्छ हेर्न वाकिं रहेको छ ।´ अब केपिकाे पाटीले सविधान मिच्नकै लागि हामीलाई निर्वाचनमा भाेट दिनुस भनेर जनतामा जान्छ त उनले प्रश्न गरे । ससंदकाे हत्या गर्नकै लागि भाेट माग्न जाने र ठुलाे पाटी वन्ने केपि वली पाटीले सपना नदेख्दा हुन्छ उनकाे भनाई रहेकाे छ । उनले केपि वली कम्पनी पाटीले चुनावमा भाेट माग्न जाने नैतिकता समेत गुमाएको वताए । लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका मेटमणिले मुलुककाे व्यवस्था जाेगाउनका लागि समाजवादी पाटी दर्ता गरेको वताए । उनले नेपालमा अहिले भएकाे निर्वाचन प्रणाली नहटाएसम्म कुनै पनि दलकाे वहुमत नआउने वताए । कुनै राजनीति दलकाे वहुमत नआउने भएकोले निर्वाचन दुई वा दुईभन्दा वढी दलहरु मिल्नुकाे विकल्प नभएको वताए । हिजाे संविधान जाेगाउन जुन जुन दलहरू मिलेर जाेगाउन सफल भयाै तिनै दलहरुकाे चुनावी तालमेल हुने ठाेकुवा गरे । एकीकृत समाजवादी, काङ्ग्रेस , माअाेवादी लगायतका दलहरू मिलेर कुनै ठाउँमा काङ्ग्रेसका मात्रै ,केही ठाउमा माअाेवादी,केही ठाउमा एकीकृत समाजवादीका मात्रै उम्मेदवार हुने वताए । केपी वलीले झापावाट आफुले हिजाे चुनाव जित्न नवलपरासी,प्युठान र धनुषा जिल्लामा सम्झौता गरेकाे स्मरण गरे । उनले विष्णु पाैडेले रुपन्देहीवाट चुनाव जितेर देखाउन चुनाैती दिए । उनले वालुवाटारकाे जग्गामा आँखा लगाएजस्ताे गरेर अब रुपन्देहीवाट चुनाव जित्ने आधार विष्णु पाैडेलकाे समाप्त भएको दावि समेत गरे । चिन्हले चुनाव जित्ने भए हिजाे २०६४/०७० मा एमाले पहिलो पाटी हुनुपर्ने किन भएन त उनकाे भनाइ छ ।

गुल्मी-रुपन्देही सम्पर्क मञ्चकाे शुभकामना आदानप्रदान कार्यक्रममा एकीकृत समाजवादी पाटीका लुम्बिनी प्रदेश कमिटी सचिव राजु गुरुङ, प्रदेश सदस्य रमा घर्ती,लुम्बिनी प्रदेश पाटी कमिटीका नेताहरु, गुल्मी जिल्ला पाटी अध्यक्ष श्रीराम महतले वाेल्नुभएकाे थियाे । मञ्चका अध्यक्ष अर्जुन थापाको अध्यक्षता,सचिव वामदेव भण्डारीको सञ्चालन रहेकाे कार्यक्रममा गुल्मी जिल्लामा जन्मथलाे भएर रुपन्देहीमा विभिन्न व्यापार व्यवसाय गर्ने व्यवसायी, विद्यार्थी,कर्मचारी र अस्थायी वसाेवास गर्ने गुल्मेलीहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्