ईपीएल क्रिकेटको उपाधि चितवन टाइगर्सले जित्यो



काठमाडौँ,असोज २३ । चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।

टियु क्रिकेट मैदानमा आज भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो । चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ ।

उपविजेता बनेको पोखराले १५ लाखमा चित्त बुझाएको छ । पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्