प्यूठानमा बिद्युत ब्यबस्थापन बिनै अक्सिजन प्लान्ट उद्धाटन



प्युठान,असोज २४ । प्यूठान अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लान्टमा विद्युत आपूर्ति हुन सकेको छैन्। प्लान्टको भने विद्युत व्यवस्थापनबिना नै उद्घघाटन गरिएको छ। शनिबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री, प्यूठान प्रदेश (ख) का सांसद समेत रहेका कृष्णध्वज खड्काले प्लान्टको उद्घघाटन गरेका छन्।

प्यूठान अस्पताल परिसर भित्रै अक्सिजन प्लान्ट स्थापना गरिएको हो। प्लान्टमा थ्री फेज विद्युत तथा ट्रान्समिटर पुग्न सकेको छैन्। जेनेटर राखी आवस्यक अक्सिजन आपूर्ति गरिँदै आएको प्यूठान अस्पतालले जनाएको छ।

विद्युत पोल व्यवस्थापन गर्ने विषयमा स्थानीय स्तरमा केहि विवाद देखिएको छ। ‘हाइटेन्सन लाइन कसरी लग्नेबारे स्थानीय स्तरमा छलफल गर्दैछौं।’ प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले भने, ‘समस्या समाधानका लागि नगरपालिकाले सहजिकरण गर्नेछ।’

प्रतिक्रिया दिनुहोस्