पञ्चकन्याको भद्रुटारका स्थानीय युवाद्वारा चन्दा उठाएर सडक मर्मत



नुवाकोट,असोज २६ । जिल्लाको पञ्चकन्या गाउँपालिका भद्रुटारका स्थानीय युवाले चन्दा उठाएर सडकको स्तरोन्नति गरेका छन्। पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का युवा समूहले चन्दा उठाएर बुढिसेरा हुँदै गाउँपालिकाको लाकुरी भञ्ज्याङ् जोड्ने बाटो मर्मत गरेका हुन ।

गाउँपालिकाद्वारा दशै पर्वका समयमा आवतजावत सहज तुल्याउन स्थानीय सडक मर्मतमा ढिलाइ गरेको भन्दै उनीहरुले चन्दा संकलन गरी मोटरबाटो मर्मत गरेको स्थानीय युवा महेश सिटौलाले बताए। सिटौलाका अनुसार सडक निर्माणका लागि केहि युवाहरू मिलेर रकम संकलन गरेको बताए।

त्यस्तै स्थानीय टिकाप्रसाद कडेलले सडक मर्मतका लागि बुढिसेरादेखि गाउँपालिकाको घलेभञ्ज्याङ्सम्म ३० घण्टा डोजर सञ्चालन गरेको बताए। सडक मर्मतसंगै बुढिसेरा हुँदै घलेगाउँ ओहोरदोहोर गर्न सहज भएको छ। सडक मर्मतका लागि स्थानीय ज्ञानेन्द्र गिरीले ४ हजार, गुरुबहादुर थापाले ४ हजार, टीकाप्रसाद कडेलले ४ हजार, मधुप्रसाद सिटौला (ठुलो भाइ) ले ४ हजार, महेशप्रसाद सिटौलाले ४ हजार, हरिप्रसाद थपलियाले ४ हजार, राजु कडेलले ४ हजार, मनिष सिटौला(डेरि)ले ४ हजार, बिष्णु लुइँटेलले ४ हजार, राम उप्रेतीले ४ हजार, केदार गिरीले १ हजार, गोकर्ण गिरीले ५ सय, बद्री गिरीले १ हजार, साथीभाई ईलिक्ट्रोनिस बुढिसेरा १ हजार, रामहरि गिरी २ हजार गरी कुल ४२ हजार ५ सय रकम संकलन गरिएको थियोे । चालक भत्तासहित कुल ७४ हजार ५ सय खर्च निस्किएको तर नपुग ३२ हजार रकम स्वतस्फूर्त सहयोग गर्न चाहनेलाई अनुरोध गरिने बताइएको छ।

यता पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डिल्लीबहादुर थापाका अनुसार गाउँपालिकाबाट सो सडकखण्ड स्तरोन्नतिका लागि ४ लाख बजेट विनियोजन भएको बताए। विनियोजित बजेट उपभोक्ता समिति गठन पश्चात् सडकखण्डको थप स्तर उन्नति गर्ने अध्यक्ष थापाले बताए।

प्रतिक्रिया दिनुहोस्