कांग्रेस प्युठानका पालिका सभापतीहरुलाई सम्मान



प्युठान, असोज २६ । बिपि स्टडि युथ सर्कल प्युठान र नेपाल बिद्यार्थी सघ प्युठान दाङ सम्पर्क समितिले बाग्दुलामा नेपाली काङ्ग्रेस प्युठानका स्थानियतहमा निर्वाचित सभापतिलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा बाेल्ने बक्ताहरुले सर्कलले बिपिकाे बिचार,सिद्धान्त र आदर्स हरेक नागरिक सम्म पुर्याउन पर्ने बताएका छन ।

कार्यक्रमकाे प्रमुख अतिथि समेत रहेका काङ्ग्रेस प्युठानका सभापति अमर प्रसाद भण्डारीले शुभकामना मन्तब्य राख्दै जिल्लामा काङ्ग्रेस प्रति जनलहर बढेकाे बताउदै काङ्ग्रेस अधिबेशनबाट निर्बाचित पालिका सभापतिहरूलाई आगामि तिनै तहका निर्वाचनमा आफ्नाे पालिका जित्ने गरि कृयाकलाप अगाडि बढाउन सुझाब दिएका छन । कार्यक्रममा गत अशाेज ९ गते भएको पालिका स्तरिय अधिबेशनबाट निर्बाचित सभापतिहरुलाई दाेसल्लाले सम्मान गरिएको थियाे।

कार्यक्रममा काङ्ग्रेस प्युठानका निबर्तमान सभापति सुभाष के सि , जिल्ला सचिब देबेन्द्र बर्मा , पुर्ब महसमिती सदस्य हरि पोख्रेल, जिल्ला कोषाध्यक्ष धनेश्र्वर भन्डारी, जिल्ला सदस्य एवं जिल्ला समन्वय समिति सदस्य माधब भण्डारी, महासमिति सदस्य प्रमोद पोख्रेल, प्रेस युनियन अध्यक्ष श्रीराम भण्डारी, ने.बि.संघ अध्यक्ष एन.पि मगर अतिथिको रुपमा कार्यक्रममा रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य बिपि स्टडी युथ सर्कल का जिल्ला सचिब सनत खत्री ले गरेका थिए भने कार्यक्रम को सभापतित्वमा बिपि स्टडी युथ सर्कल का जिल्ला अध्यक्ष इन्जिनियर पारस भण्डारी रहेका कार्यक्रम सहजिकरण नेपाल विद्यार्थी संघ प्युठान दाङ सम्पर्क समिति का अध्यक्ष वसन्त भण्डारी ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्