राष्ट्रपति भण्डारीद्वारा नेपाली फुटबल टोलीलाई बधाई



काठमाडौं,२९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली फुटबल टोलीलाई बधाई दिएकी छिन। राष्ट्रपति भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिएका हुन ।

उनले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीलाई सामाजिक सञ्जाल ‘ट्विट’ मार्फत बिहीवार बधाई दिएका हुन । राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिएका छन् ।

बुधवार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। अब फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । बुधवार नै भारतले मालदिभ्सलाई ३–१ ले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो।

प्रतिक्रिया दिनुहोस्