नुवाकोट बेलकोटगढीको कासिटारमा एक पुरुष मृत भेटिए



नुवाकोट,कात्तिक १ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ८ कासिटारमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

खेतमा मृत अवस्थामा भेटिएका उनको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । आईतवार दिउँसो १ बजेतिर जिलिङका स्थानियले खेतमा सडेको अवस्थामा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

कासिटारस्थित सडक नजिक धान खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

उनको शवलाई प्रहरीले त्रिशुली अस्पताल लगेर आफन्तको खोजी गरिरहेको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्