आउँदो कात्तिक १३ गते नुवाकोटे टाइगरसहित एक दर्जन रेस्लर दोलखामा भिड्ने



काठमाडौं,कात्तिक १ । यहीँ आउँदो कात्तिक १३ गते शनिबार ‘नुवाकोटे टाइगर’ उर्फ कमल लामा दोलखामा हुने पहिलो राष्ट्रिय रेस्लिङ खेलको प्रतियोगितामा भिड्ने भएका छन् ।

प्रदेश खेलकुद विकास परिषद वाग्मती प्रदेश र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा दोलखामा हुने राष्ट्रिय रेस्लिङ प्रतियोगितामा टाइगरसहित एक दर्जन रेस्लर भिड्ने भएका हुन।

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ स्थायी ठेगाना भएका टाइगरले पछिल्लो पटक पोखरा र नुवाकोट सुर्यचौरमा आयोजित विभिन्न रेस्लिङ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पदक हात लगाउन सफल भएका थिए। यस पटक दोलखा जिल्लास्थित सदरमुकाम चरिकोटको भ्युटावर नजिकै फुटबल मैदानमा शनिबार दिनको १ बजेदेखि हुने प्रतियोगितामा नुवाकोटे टाइगरसहित थागु,डेभिड,साइन,टुप्पि ग्याङ,एक्स हिरो,लेडि ऐन्जल,तन्नु,सिजे,एससि,जोन लगाएत महिला तथा पुरुष खेलाडिहरुको प्रतिस्पर्धा रहने नेपाल रिङ रेस्लिङ संघकी केन्द्रिय माहासचिब सबर्ण श्रेष्ठले बताईन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक टिमले प्रदेश खेलकुद विकास परिषद्को शाहसिक तथा पर्यटकीय खेलकुद प्रतियोगिता गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष रेस्लिङ सँघ र प्रदेश खेलकुद विकास परिषदको सँयुक्त आयोजना मा प्रथम हाईअल्टिच्युड र च्याम्पेन्सीप २०२१ राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुन लागेको जानकारी गराइएको छ।

प्रतियोगितामा सहभागीमध्ये हेभि वेट च्याम्पियनले १ लाख ५० हजार रुपैया, हार्डकोर च्यम्पियनले १ लाख २० हजार, मिडल वेट च्यम्पियनले ८५ हजार रुपैया, टयाग टिम च्याम्पियनले ७५ हजार रुपैया, लाइट वेट च्यम्पियनले ५० हजार रुपैया र ट्रीपल थ्रेट च्याम्पियनले ४५ हजार रुपैया र साथमा मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगितामा रेफ्रिका रुपमा प्रदिप पाण्डे,विकास खड्का र शिसम मैनि रहनेछन भने कार्यक्रम सञ्चालन ख्यातिप्राप्त कलाकार जिवन तमाङले गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्