टोखा परम्परागत चाकु संरक्षण समाजद्वारा चाकु स्मारिका विमोचन



काठमाडौं,कात्तिक १ । टोखा परम्परागत चाकु संरक्षण समाजद्वारा ‘चाकु स्मारिका विमोचन’ भएको छ। आइतबार एक समारोहका बीच सो स्मारिका विमोचन भएको हो।

कार्यक्रममा सहभागीहरुले काठमाडौंको उत्तरतर्फको प्राचीन नगर टोखा गुलियो र मीठो विशुद्ध नेपाली परिकार चाकु बनाउने मूल थलोका रूपमा प्रसिद्ध टोखा आज पनि उत्तिकै प्रसिद्ध रहेको बताएका थिए । टोखामा प्राचीन काल देखि नै उखुखेती हुने र त्यसकै रसबाट सख्खर बनाएर गुलियो मिठाई चाकुको कच्चा पदार्थ उत्पादन हुने नेपाली परम्परागत संस्कृतिसँग अभिन्न रुपमा जोडिएको सहभागीहरुले बताएका थिए।

उखु र चाकुको लागि उपत्यकामा टोखाकै नाम अगाडी आउने र अध्ययनबाट बर्मादेखि तिब्बत सम्ममा पनि उखु खेतीका प्राचीन प्रसंगहरु भेटिने जस्ता विविध यथार्थहरुलाई अगाडि राखेर अहिलेसम्म पाएका प्रमाणहरु हेर्दा नेपालेच्छु अथवा नेपाली उखुको इतिहासको थालनी चार सहस्राब्दी पूर्व नै सुरु भएको देखिने शिक्षक तथा साहित्यकार प्रभाव सापकोटाले बताए।

उखुखेतीको उर्वरभूमि जसलाई नेवारी भाषामा तृख्य: भनिन्छ। पुर्खाले प्राचीनकालमा गरेको अर्थ परिश्रम योगदान र बिरासतबाट विकसित चाकु व्यवसायिक तथा बजारीकरणले टोखाको चाकु वा टोखा चाकु नामले सिंगो देशमा नयाँ आयाम सञ्चार गर्न सफल भएको कार्यक्रमका विशेष अतिथि उपप्रमुख ज्ञानमाया डंगोलले बताइन। टोखाको चाकुको बारेमा यसरी चाकू स्मारिका विमोचन कार्यक्रममा आफूलाई हर्ष लागेको समेत बताइन्।

कार्यक्रममा विशिस्ट अतिथी टाेखा नगरपालिका २ का वडाध्यक्ष दिपक राज जोशी,विशेष अतिथि वडा ३ का वडा अध्यक्ष सिंह राज श्रेष्ठ,प्रमुख अतिथि बागमती प्रदेशका माननीय निलम ताम्राकार लगायतले चाकु व्यवसाय बारे चर्चा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्