छहरे-टोखा हुँदै सार्वजनिक बसमा यात्रा गर्दै हुनुहुन्छ? थाहा पाउनुहोस नयाँ भाडादर



नुवाकोट,कात्तिक २ । बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा सोमबारदेखि लागू भएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ गतेदेखि लागू हुने गरी काठमाडौँ उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि गरेकाे हो।

नयाँ भाडा अनुसार अब उपत्यकामा सार्वजनिक सवारी चढ्डा ५ किलोमिटरसम्मकाे  १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।  यस्तै १० किलोमिटरसम्मकाे २३ रुपैयाँ, १५ किलोमिटरसम्मकाे २७ रुपैयाँ, २० किलोमिटरसम्मकाे ३० रुपैयाँ  तिर्नुपर्नेछ भने २० किलोमिटरभन्दा माथिकाे यात्रा गर्दा ३५ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

सरकारले उपत्यका बाहिरको हकमा ३३ प्रतिशत भाडा बढाएको छ। उक्त निर्णयसंगै छहरे-टोखा हुँदै सातविसे पुग्न २२४ रुपैयाँ भाडा कायम गरिएको छ। यसअघि २०७५ को भाडा समायोजनमा १८२ कायम गरिएको थियोे। त्यस्तै टोखा हुँदै त्रिशुली आवतजावतमा १८५ रुपैयाँ र नयाँ बसपार्क-गल्छी हुँदै धुन्चे पुग्न ३६५ रुपैयाँ भाडादर कायम गरिएको छ।

नुवाकोट जिल्लाभित्र संचालित स्थानीय रुटका सवारीसाधनमा देवीघाट-गल्छी ५४ रुपैयाँ, त्रिशुली आप्रह ६२ रुपैयाँ, त्रिशुली खरानीटार ७६ रुपैयाँ, त्रिशुली चोकदे ५२ रुपैयाँ र त्रिशुली-देउराली ४४ रुपैयाँ कायम गरिएको उल्लेख छ। डिलक्स बसको सुविधाको हकमा २० प्रतिशत सम्म थप भाडा लिनसक्ने मन्त्रालयले उल्लेख गरेको छ।

हेर्नुस् नयाँ भाडादर

प्रतिक्रिया दिनुहोस्