नुवाकोट शिवपुरीमा धानबाली क्षति विवरण यसरी टिपाउनुहोस



नुवाकोट,कात्तिक ४ । जिल्लाको शिवपुरी गाउँपालिकाले अविरल वर्षाका कारण अन्नबालीमा पुगेको क्षतिको लगत संकलन कार्यलाई तिव्रता दिएको छ।

बिहीबार गाउँपालिकाले एक सूचना जारी गर्दै सेवा क्षेत्रका कृषकलाई धानबाली तथा तरकारीजन्य बालीमा वर्षाका कारण पुगेको क्षति लगत संकलन आफ्नो वडा कार्यालयमा समन्वय गर्दै कृषि प्राविधिकलाई टिपाउन अनुरोध गरेको हो।

क्षति विवरण टिपाउदा धानबाली काटिएको तस्बिर, जमिन तहमा लर्केको, क्षति देखिने स्पष्ट तस्बिर सहित निवेदन दिन गाउँपालिकाले अनुरोध गरेको छ।

हेर्नुस् गाउँपालिकाद्वारा जारी सूचना

प्रतिक्रिया दिनुहोस्