वाग्मती प्रदेशसभा बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित



काठमाडौं,कात्तिक ४ । वाग्मती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान नगरी बैठक स्थगित गरिएको हो । 

बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत दिने प्रस्ताव प्रदेशसभामा राख्नु भएको थियो ।  
मुख्यमन्त्री शाक्यले आफ्नो सरकार बनेको दुई महिना मात्रै पूरा भएकाले सुशासन र समृद्धिको गतिलाई अघि बढाउन विश्वासको मत माग्नु भएको थियो । 

तर विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका सांसद प्रेमबहादुर तामाङले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने बताउनु भएको थियो । 

विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्