बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ



काठमाडौं,कात्तिक ५ । बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त भक्तपुर सूर्यविनायक नगरपालिका- ८ सिपाडोल बस्ने  ४५ वर्षीय रामनाथ सिंहलाई बुधवार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७७ माघ २० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना भई फरार रहेका निजलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको कमलपोखरीबाट बुधवार पक्राउ गरेको हो । 

अभियुक्तले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारेर प्रभु बैंक लिमिटेड शाखा कार्यालय भक्तपुरको चेक काटेर दिएका थिए ।

अभियुक्तलाई फैसला कार्यान्वयनको लागि  काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्