डहरे खोलाले बगाएको बलेरो जीप फेला पर्यो



गुल्मी,कात्तिक ५ । गुल्मीमा कात्तिक १ गते अबिर वर्षासँगै आएको बढिमा खोला तर्ने क्रममा बगाएर बेपत्ता जीप फेला परेको छ । जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप बगाएर बेपत्ता भएको थियो ।

बगाएको जीपलाई खोज्ने क्रममा बिहिवार बगेको स्थानबाट ८ सय मिटर तल छेतछिच्छेद अबस्थमा फेला परेको स्थानीय ज्ञानहरी सापकोटाले बताए । जिपमा चालक सहित ९ जना यात्रुहरु रहेका थिए ।

जिप खोला नजिक दलदलमा फसेको र यात्रु र चालक झरीसकेपछि माथिबाट आएको लेदो सहिको पानीले उक्त जिप बगाएको थियो । जीपसँगै यात्रुका सबै समानहरु गाडि संगै बगेका थियो ।

यस अघिको बर्खाको समयमा पनि माल बाहक ट्रक बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्