सुर्खेतमा बम बिस्फोट, दिदिभाइ घाइते



सुर्खेत,कात्तिक ६ । सुर्खेतको सामुदायिक वनमा बम पड्किँदा दुई जना घाइते भएका छन्।

वीरेन्द्रनगर छेऊको कटकुवा सामुदायिक वनमा शनिबार घाँस काट्न गएका दिदी-भाइ बम विस्फोटमा परी घाईते भएका छन् ।

दैलेखको गुराँस गाउँपालिका-६ का २१ वर्षीया लीला नेपाली र उनका १४ वर्षीय भाइ नरेश परियार घाइते भएका हुन्।उनीहरूको माया नर्सिङ होम वीरेन्द्रनगरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्