प्रजातन्त्रवादी लेखक अंक विमोचित



काठमाडौं,कात्तिक ६ । शिवपुरी सन्देश पत्रिकाको प्रजातन्त्रवादी लेखक अंक विमोचन भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एक समारोहका बीच सो पत्रिकाको प्रजातन्त्रवादी लेखक अंक विमोचन गरेका हुन् । सोही अवसरमा साहित्यकार वियोगी बुढाथोकीको नियात्रासंग्रह “शनै:शनै: यात्रामा”को समेत विमोचन भएको थियोे ।

मन्त्री कार्कीले प्रजातन्त्रवादी लेखक अंकबाट देशको प्रजातन्त्रको वास्तविक अवस्था बुझ्न सहज हुने कुरो बताएका थिए भने स्रष्टा वियोगी बुढाथोकीका अन्य कृतिका बारेमा समेत चर्चा गरेका थिए ।

कार्यक्रममा वरिष्ठ कवि डा. विष्णुविभू घिमिरेले नेपाली साहित्यमा शिवपुरी सन्देश पत्रिका र स्रष्टा वियोगी बुढाथोकीको योगदानको प्रसंशा गरे। समीक्षकद्वय अनुपमा रेग्मी र सविता विमलीले विमोचित नियात्रासंग्रहको चिरफार गरेका थिए भने समीक्षक राजकुमार बानियाले ठट्यौली पारामा कृति र कृतिकार बुढाथोकीको योगदान र स्वभावको बारेमा आफ्ना विचार राखे ।

प्रा.डा. कुमारप्रसाद कोइरालाको सभापतिमा भएको कार्यक्रममा स्रष्टा/सम्पादक वियोगी बुढाथोकीले शिवपुरी सन्देशलाई आफ्नो जीवनकालमा १०० अंक पुर्याउने लक्ष्य रहेको बताए । सो कार्यक्रम बाबू त्रिपाठीले रोचक तवरबाट सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्