टोखा झोरका कवि माधब बिडारी सम्मानित



काठमाडौं,कात्तिक १३ । टोखा नगरपालिका वडा नम्बर १ झोरका कवि माधब बिडारी सम्मानित भएका छन्। शनिबार काठमाडौंको कपनस्थित रामहिटिको साहित्य सदनमा भएको साहित्यिक कार्यक्रममा कवि बिडारी सम्मानित भएका हुन्।

विगत लामो समयदेखि साहित्य क्षेत्रमा कलम चलाएर साहित्य मार्फत समाज परिवर्तनको सूचक भए बापत कवि बिडारीलाई सम्मान गरिएको डिबि त्यागी स्मृति केन्द्रले जनाएको छ।

कवि बिडारीद्वारा लिखित थुप्रै गीत,गजल तथा रचना चर्चामा रहेका छन् । गीत रचनामा समेत उस्तै माहिर बिडारीद्वारा रचित दृश्य, प्यासी लगायत एक दर्जा गीत समेत लोकप्रिय रहेका छन्।

प्रतिक्रिया दिनुहोस्