प्यूठानमा कविता बाचन गरेर देवकोटाको जन्म जयन्ती मनाईदै



प्युठान,कात्तिक १८ । प्यूठानमा पनि महाकवी लक्ष्मी प्रसाद देबकोटाको ११३ औ जन्म जयन्ती बिबिध कार्यक्रम गरि मनाईने भएको छ। देवकोटाको जन्म दिन पारेर प्यूठानको बाग्दुलामा कबिता बाचन कार्यक्रम आयोजना गरिएको साहित्य परिसद प्यूठानका अध्यक्ष गेहराज थापाले बताउनुभयो । उहाँका अनुसार यही कार्तिक २७ गते बिहान १० बजे जनता माध्यमिक बिद्यालय बाग्दुलाको प्रङगणमा कार्यक्रम संचालन गरिने छ ।

प्रत्येक बर्ष लक्ष्मिप्रसाद देबकोटाको जन्म तिथीमा नगरेर जन्म मितिमै कार्यक्रम गर्ने गरिएको अध्यक्ष थापाको भनाइ छ। यस बर्ष कोभिडको दर घटेपछि प्यूठानमा पनि कार्यक्रम गर्न लागिएको हो । खुल्ला कबिता बाचन र देवकोटाको तस्बिरमा माला अर्पण गर्ने कार्यक्रम छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली साहित्यमा एक सयभन्दा धेरै कृतिको योगदान गरेका देवकोटाले दश वर्षको उमेरदेखि कविता लेख्न सुरु गर्नुभएको थियो । देवकोटाका महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्मकै सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गर्नुभयो । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । २०१६ सालमा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्