भारतको स्कटल्याण्डमाथि ८ विकेटको जित



एजेन्सी,कात्तिक २० । आइसीसी टी-२० विश्वकप अन्तर्गत भारतले स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको छ । स्कटल्याण्डले दिएको ८६ रनको लक्ष्य पछाएको भारतले ६.३ ओभरमा एक विकेट गुमाई लक्ष्य पुरा गरेको हो ।

भारतका लागि केएल राहुलले १९ बलमा ५० रन बनाए भने रोहित शर्माले १५ बलमा ३० रन बनाए । त्यस्तै कप्तान विराट कोहलीले २ रन बनाए भने सूर्यकुमार यादवले अविजित ६ रन बनाए ।

त्यसैगरी स्कटल्याण्डका बलर मार्क वाट र ब्राड ह्व्विलले एक एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले १७.४ ओभरमा अल आउट हुदै ८५ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सीले २४ रन बनाए भने माइकल लीस्कले २१ रन बनाए । त्यस्तै कलुम म्याकलिओडले १६ रन बनाए भने मार्क वाटले १४ रन बनाए । स्कटल्याण्डका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

त्यसैगरी भारतका बलर मोहमद शामीले ह्याट्रिक लिएका थिए । शामीले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै रविन्द्र जडेजाले पनि उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १५ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै जसप्रित बुमराहले २ र आर आश्विनले एक विकेट लिएका थिए ।

जारी विश्वकपमा यो जितपछि भारतको अहिलेसम्म ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेर सुपर १२ को समुह २ मा तेस्रो स्थानमा उक्लिएको छ भने स्कटल्याण्डले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्