प्यूठान क्रिकेट संघ गठन



प्यूठान,कात्तिक २३ । प्युठान जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । मंगलबार प्यूठानको जुम्रीमा एक कार्यक्रमकाबीच तेजबहादुर पुनको अध्क्षतामा ११ सदस्य जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । योसँगै नेपाल क्रिकेट संघ (क्यान) को जिल्ला सदस्यता प्राप्तको लागि प्यूठानलाई पनि बाटो खुलेको छ ।

मंगलबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम बहादुर थापाको अध्यक्षतामा अध्यक्षतामा बसेको बैठकले ११ सदस्य तदर्थ समिति गठन भएको थियो । निर्विरोध रुपमा गठन भएको समितिको उपाध्यक्षमा सन्दीप श्रेष्ठ, सचिवमा जीवन खनाल र कोषाअध्क्षमामा आशिष श्रेष्ठ छन् । त्यस्तै सदस्यहरुमा महेन्द्र वि.क., उमेश घर्तिमगर, मिलन राना, गणेश गिरी, किरण बुढामगर, अमित थापा मगर र हुकुम परियार छन् । दुई दशक देखि सक्रिय रुपमा प्यूठानमा क्रिकेट प्रतियोगिता भएपनि संघ नहुँदा जिल्लामै सिमित भएको थियो।

जिल्लामा भएको दुई सय भन्दा बढी भेलाले तेजबहादुर पुन सहितको टिमलाई सर्वसम्मत चुनेको हो । तेज जिल्लामा लामो समय देखि क्रिकेट विकासमा लागि पर्दै आएका एक समर्थक हुन् । अवको आफ्नो उदेश्य क्यानबाट पूर्ण सदस्यता मान्यता पाउने तेजले बताएका छन् । ‘हामी संघमा नहुँदा लामो समयदेखि पछि पर्दै आएका थियौं । जिल्लामा लगातार प्रतियोगिता हुँदै आएका छन् । खेलाडीहरुपनि राम्रो छन् । हामी यसलाई व्यवस्थित गर्दै अघि बढ्ने छौं’, अध्यक्ष पुनले भने ।

अव हामी क्लब दर्तामा ध्यान दिने छौं । जिल्लामा १० वटा निरन्तर खेल्ने क्लब पनि छन् । त्यसलाई हामी १५ सम्म पुर्याउने छौं । यसबाट अझ धेरै क्रिकेट खेलाडी आउने छन् । हामी नेपालकै एक उदाहरणीय जिल्ला बन्न चाहन्छौं, पुनले भने ।

प्यूठानमा ७ गाउँपालिका र २ नगरपालिका रहेका छन्। सबै स्थायिनतहमा क्रिकेट सक्रिय रुपमा रहँदै आएका छन् । गतवर्ष प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताको लागि प्यूठानले प्रदेश छनोट खेल्न दाङसँग सिरिज खेलेको थियो । नेपाली क्रिकेट समर्थक समाजको समन्वयमा गतवर्ष जिल्ला छनोट हुँदै दाङसँग मैत्रीपूर्ण सिरिज खेलेको थियो । संघ नहुँदा प्रदेश छनोट खेल्न नपाएपछि दाङसँग सिरिज खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्