हाप्किडो संघ प्यूठानको अध्यक्षमा टेकराज केसी चयन



प्युठान,कात्तिक २६ । नेपाल मार्सल आर्टस हाप्किडो संघ प्यूठानको अध्यक्षमा टेकराज केसी चयन भएका छन । प्यूठान जिल्लामा २०७६ सालबाट सुरु भएको हाप्किडो संघको अध्यक्ष केसी हाप्किडो प्यूठान जिल्लाको प्रमुख प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए ।

केसीको नेतृत्वमा १३ सदस्यिय जिल्ला संघको गठन गरिएको छ । जसको उपाध्यक्षमा खलजित बुढामगर र प्रचण्ड खडका चयन भएका छन । त्यस्तै सचिबमा गणेश राना र कोषदक्षमा अस्मिता केसीलाई सर्बसहमत चयन गरिएको छ ।

आत्मरक्षासंगै अनुसासन को लागी हाप्किडो खेल पछिल्लो समय लोकप्रिय हुदै गएको अध्यक्ष केसिको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्