विश्वकप फुटबलमा प्ले अफ खेल्ने यूरोपका १२ टोलीको टुंगो (सुचीसहित)



एजेन्सी, मंसिर १ । विश्वकप फुटबलमा यूरोपबाट १० टोलीको टुंगो लागेको छ । समूह विजेता हुँदै १० टोलीको टुंगो लागेको छ । अब बाँकी ३ टोली प्ले अफबाट छनोट हुनेछन् ।

१० समूहका उपविजेता प्ले अफमा छनोट भएका छन् । बाँकी २ टोली वरियताका आधारमा चयन भएका छन् ।

प्ले अफ खेल्ने समूह उपविजेतामा यूरोपमा फुटबलका शक्तिशाली देशहरु इटाली, पोर्चुगल र स्वीडेन पनि छन् ।

१२ टोलीले प्ले अफ खेल्नुपर्नेछ । तल्लो वरियतामा रहेका ६ देश र माथिल्लो वरियतामा रहेका देशहरु छुट्याएर प्ले अफ दुई चरणमा खेलाइनेछ । सेमिफाइनल र फाइनल प्ले अफबाट छनोट हुने टोलीको टुंगो लाग्नेछ ।

यूरोपबाट प्ले अफमा छनोट भएका देश
पोर्चुगल
स्वीडेन
इटाली
युक्रेन
वेल्स
स्कटल्यान्ड
टर्की
रुस
पोल्यान्ड
नर्थ मेसोडोनिया
चेक रिपलब्लिक
अष्ट्रिया

प्रतिक्रिया दिनुहोस्