कांग्रेस महाधिवेशन : नुवाकोट क्षेत्र नम्बर १ मा धुव श्रेष्ठ विजयी



नुवाकोट,मंसिर ७ । नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नम्बर १ को सभापतिमा धुव्र श्रेष्ठ विजयी भएका छन् । मंगलबार सम्पन्न भएको मत गणनामा श्रेष्ठ आफ्ना निकटतम प्रतिद्धन्दी विषम रिमाललाई १ सय २४ मतान्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।

श्रेष्ठले ५ सय ११ मत ल्याउदा विषम रिमालले ३ सय ८७ मत प्राप्त गरेका थिए । यस्तै सचिवमा शिव गुणी र जगदीश कुइकेलले जित हात पारेका छन् । गुणीले ४ सय ७६ मत प्राप्त गर्दा कुइकेलले ४ सय ४१ मत प्राप्त गरेका हुन ।

सचिवमा पराजित भएका लालबहालुर तामाङले ४ सय २२ मत प्राप्त गर्दा विकेश पण्डितले ३ सय ४५ मत प्राप्त गरेका छन् । सभापतिमा विजयी भएका श्रेष्ठ र गुणी महत पक्षका हुन् भने कुइकेल महत पक्षका हुन् । यस परिणामसँगै नुवाकोट क्षेत्र नम्बर १ को कब्जा महत पक्षले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्