रोल्पामा देउवा समूहको प्यानल पराजित, सभापतिमा आचार्य निर्वाचित



रुपन्देही,मंसिर ८ । नेपाली कांग्रेस रोल्पाको जिल्ला सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका किशोरकुमार आचार्य विजयी भएका छन् ।

संस्थापन समूहका मानबहादुर खत्रीले ४ सय ४० मत ल्याउदा आचार्यले ५ सय दुई मत ल्याएर विजयी भएका हुन् ।
त्यसैगरी उपसभापतिमा कविता उपाध्याय विजयी भएकी छन् उनले ४७५ मत ल्याएकी थिइन् भने उपसभापतिमै हरिबहादुर पुनले ५०४ मत ल्याएर विजयी भएका छन् । उनीहरु पनि आचार्यकै समूहका हुन् ।

सचिवमा तिलबहादुर बुढाथोकी र शेरबहादुर थापा र सहसचिवमा गन्जबहादुर क्षेत्री र सुनिलकुमार वली विजयी भएका छन् । उनीहरु पनि सबै आचार्य समूहकै हुन् ।

प्रतिक्रिया दिनुहोस्