कुनै पार्टीसँग एकता हुँदैन: अध्यक्ष नेपाल



सुर्खेत,मंसिर ९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल आफ्नो पार्टीले कुनै पार्टीसँग एकता गर्न नसक्ने स्पष्ट पारेका छन् । समाजवादी प्रेस संगठन कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रका सम्मेलनमा पार्टीको पछिल्लो अवस्थामा कुनै पार्टीसँग एकता नहुने बताएका हुन् ।

अहिले कुनै पार्टीसँग एकता नहुने तर, पार्टी निर्माणको अभियानमा लागेकाले देशभर उत्साहजनक उपस्थिति रहेको अध्यक्ष नेपालले बताए । अध्यक्ष नेपालले एमालेको झण्डा अब बाँदरको हातमा पुग्ने बताएका छन् ।

एमालेको महाधिवेशनमा गैँडाले एमालेको झण्डा उचालेको लोगोको विषयमा टिप्पणी गर्दै अध्यक्ष नेपालले भने,‘एमालेको झण्डा अहिले जनवारले उचालेको छ । केही समयपछि बाँदरको हातमा पुग्छ ।’ नेकपा एमालेले चितवनमा हुने कार्यक्रममा निमन्त्रणा नगरेकोमा कुनै अपसोच नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्