सहिद दुर्गा तिवारी स्मृति व्याडमिन्टन प्रतियोगीताको उपाधी मगर र ठकुरीलाई



देवदह, पुस ४ । सहिद दुर्गा तिवारी स्मृति दोश्रो जुनिएर सि लेबल ब्याडमिन्टन प्रतियोगितामा पाल्पाका तुल्सी पाँडे मगर र राजेन्द्र ठकुरीको जोडी च्याम्पियन भएको छ । जन जागरण युवा क्लब देवदह ४ सिगाँहाको आयोजनामा उक्त व्याडमिन्टन प्रतियोगिता भएको हो।

सिगाँहा ब्याडमिन्टन कोर्टमा भएको फाइनल खेलमा परासीका उमेश डङोरिया र आकाश कठरियाको जोडीलाई पराजित गर्दै सो जोडीले प्रतियोगिताको उपाधि जितेको हो । २१–१३, र २१–१५ को सोजो सेटमा मगर र ठकुरीको जोडीले विजयी हासिल गरेको हो । त्यस्तै बर्दघाटका अनिल चौधरी र जयस कश्यव र भलुहिको चन्द्र घर्ती र दिपक खत्रीको जोडि तेश्रो भएका थिए । उक्त प्रतियोगितामा ४५ टिम सहभागीता रहेको क्लबका सदस्य सन्दिप तिवारीले जानकारी दिनुभयो ।

विजेता खेलाडीहरूलाई समाजसेवी तिल बहादुर थापा, सहिद दुर्गा तिवारीको दाजु तथा सहिद दुर्गा बसन्त स्मृति प्रतिष्ठानका संरक्षक चक्रपाणि तिवारी, आयोजक क्लबका अध्यक्ष अजय चापागाईं र अन्य अतिथिले प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार , दोस्रो हुनेलाई १० हजार  र तेश्रो हुने समुहलाई ५ हजार रुपैयाँ , ट्रफि, मेडल र प्रमाण पत्र वितरण गर्नु भयो ।

प्रतियोगितामा देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तथा नगर खेलकुद समितीका संयोजक दिपक चापागाईंको प्रमुख आतिथ्यता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्