यथास्थितिमा कुनै हालतमा एमसीसी पारित हुँदैन : प्रचण्ड



काठमाडौँ,पुस १२ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यथास्थितिमा एमसीसी सम्झौता पारित नहुने बताउनुभएको छ ।

पार्टीको ८औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा सोमबार प्रस्तुत राजनीतिक प्रतिवेदनमा दाहालले परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित हुन सक्ने बताउनुभएको हो । दाहालको प्रतिवेदनमा उल्लेख छ, ‘एमसीसी यथास्थितिमा कुनै हालतमा पारित गरिने छैन । परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको छ।’

त्यस्तै दाहालले प्रतिवेदनमा नेपाली विशेषताका कारण शान्तिपूर्ण बाटोबाटै समाजवादतर्फको यात्रा सफल हुने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्