विजयनगरमा आजबाट क्रिकेट प्रतियोगिता शुरु



कपिलवस्तु,पुस २१ । माघेसंक्रान्ति तथा माघी पर्वको अवसर पारी दुर्गा देवी युवा क्लब विजयनगर गाउँपालिका-४ शंकरपुरले आयोजना गरेको दोस्रो क्रिकेट प्रतियोगिताको आज विधिवत् रूपमा बृहत समारोहका बिच उद्घाटन भएको छ। ‘ खेलकुदमा पनि युवाहरुले भविष्य निर्माण गर्न सक्छन्, खेलकुदको सम्मान गरौँ, खेल खेलौ खेलाऔं, खेलमा लगानी गरौँ’ भन्ने उद्देश्यका साथ खेल सञ्चालन गरिएको क्लबका अध्यक्ष डोर बहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगिता उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि तथा विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले यो समयमा युवाहरु बढी मात्रामा विकृति विसङ्गतितिर लाग्न थालेकाले यस्ता खेलकुद कार्यक्रम आयोजनाले लागुपदार्थ दुर्व्यसनमा कमी आउनुको साथै मानसिक तथा शारीरिक तन्दुरुस्ती पनि बढ्दै जाने बताउनुभयो । प्रमुख अतिथि चौधरीले खेल समयभर अनुसासीत र मर्यादित रहि खेलिदिन समेत आग्रह गर्नुभएको थियो। कार्यक्रम प्रमुख अतिथि लक्ष्मी कुमारी चौधरीले ब्याटिङ गर्दै कार्यक्रमका अध्यक्ष डोर बहादुर कार्की द्वारा बोलिङ गरेर उद्घाटन गरिएको थियो।

आज उद्घाटन सत्रको खेलको प्रतिस्पर्धा अल कलम पब्लिक स्कूल बहादुरगञ्ज र खान क्रिकेट युवा क्लब सुगानगर बिच भएको थियो। पहिलो प्रतिस्पर्धामा खान क्रिकेट युवा क्लबले रोमाञ्चक खेल प्रदर्शन गर्दै जित हासिल गरेको छ। टस जितेर फिल्डिङ रोजेको खान क्रिकेट युवा क्लबको उत्कृष्ट फिल्डिङ प्रदर्शन संगै अल कलम पब्लिक स्कूललाई ७४ रनमै समेटिएको थियो । १२ ओभरको खेलमा ७५ रनको टार्गेट लिएर मैदान उत्रिएको खान क्रिकेट युवा क्लब अल आउट भ‌इ ४ ओभर बाकी छदैं उत्कृष्ट प्रदर्शन गरी जित आफ्नो पोल्टामा पारेको हो । आजको खेलका म्यान अफ दि म्याच खान क्रिकेट युवा क्लबका परवेज खान घोषित भए ।

प्रतिक्रिया दिनुहोस्