मतदाताभन्दा बढी मत खसेपछि एमाले दैलेखको निर्वाचन प्रक्रिया रद्द



काठमाडौँ,पुस २८ । मतदाता संख्या भन्दा बढी मत खसेपछि नेकपा (एमाले) दैलेखको निर्वाचन प्रक्रिया रद्द भएको छ ।

कुल मतदाता संख्या ७२१ रहेकोमा निर्वाचनमा ७४८ मत खसेपछि निर्वाचन प्रक्रिया रद्द गरिएको हो ।

पुस २३ गते उद्घाटन गरिएको एमाले दैलेखको सातौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ कमिटी चयनका लागि पुस २७ गते बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको थियो । अधिवेशनका लागि ११ स्थानीय तहका वडाहरूबाट ७२१ जना प्रतिनिधि चयन भएका थिए ।

मतदान सकिएपछि मुचुल्का उठाउँदा ७१७ मत खसेको उल्लेख छ । तर मतगणनामा ७४८ मत भेटिएको छ । अर्थात् मतदानमा सहभागी प्रतिनिधि (मतदाता) भन्दा ३१ मत बढी खसेको हो ।

प्रतिक्रिया दिनुहोस्