नेकपाले आजदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
काठमाडौं,कात्तिक ७ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ।
सरकारको कार्यशैलीप्रति विरोध जनाउँदै आएको नेकपाले मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्न लागेको हो।
अभियानको उद्घाटन तथा पत्रकार सम्मेलन आज दिउँसो २ः३० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना हुनेछ। कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

