पाकिस्तानी कप्तान फरहान एनपीएल खेल्न काठमाडौंमा



काठमाडौं ,कात्तिक ७ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न पाकिस्तानी टी–२० टोलीका कप्तान साहिबजादा फरहान काठमाडौं आइपुगेका छन्। ३० वर्षीय दायाँहाते ब्याटर फरहानले कर्णाली याक्सबाट प्रतियोगिता खेल्नेछन्।

फरहानले पाकिस्तानबाट ५१ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ५५४ रन बनाएका छन्। यस क्रममा उनले दुई शतक र १३ अर्धशतक प्रहार गरेका छन्। रावलपिण्डीमा भएको पछिल्लो तीन टी–२० अन्तर्राष्ट्रिय खेलमा पनि उनले लगातार अर्धशतक बनाएका छन्।

उनले समग्र टी–२० क्रिकेटमा १८६ खेल खेल्दै पाँच हजार ७७५ रन बनाएका छन्। यसमा नौ शतक र ३८ अर्धशतक सामेल छन्।

कर्णाली याक्स स्पोर्ट्स प्रालिका मालिक गृहेन्द्र घिमिरेले फरहानको आगमनसँगै टोलीको मध्यक्रम बलियो बन्ने विश्वास व्यक्त गरेका छन्। उनले फरहानजस्ता खेलाडीलाई एनपीएलमा भित्र्याउन पाउनु खुसीको कुरा भएको बताउँदै यसले नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने उल्लेख गरे।

एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्