देशभक्त मन्त्रीलाई टुकी बालेर खोज्दै छु : गोकुल बास्कोटा



चितवन,पुस २९ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली भूमिमा भारतले सडक बनाइरहँदा सरकार चुप लागेर बसेको भन्दै आलोचना गरेका छन् ।

प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले आफ्नै भूमिमा विदेशीले बाटो बनाउँदा पनि गैर देशभक्तहरूको परमादेशको सरकार चुप लागेर बसेको आरोप बताए ।

तत्कालीन एमाले सरकारका विरुद्ध बोल्न पाइन्छ भन्दै मुखमा टेप टाँसेकी मन्त्री रामकुमारी झाँक्रीप्रति कटाक्ष गर्दै उनले देशभक्त मन्त्रीलाई टुकी बालेर खोजिरहेको बताए । संसदबाट सर्वसम्मतिले पास भएको नक्सामा समेटिएको भूमागमा भारतले सडक बनाउँदा त्यसताका देशभक्तहरूको पार्टी एमालेले मुख खोलेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्