द भ्वाईस किड्सको पहिलो उपाधि जिते मकवानपुरका जेनिश उप्रेतीले



काठमाडौं,माघ २ । हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरका जेनिश उप्रेती हिमालय टेलिभिजनबाट प्रशारण भईरहेको नेपालकै चर्चित रियालिटी सो द भ्वाइस किड्सको पहिलो उपाधि जित्न सफल भएका छन् । शनिबार भएको फाइनलमा सात जना प्रतियोगिलाई दर्शकको भोटको आधारमा हराउँदै उपाधि चुम्न सफल भएका हुन् ।

अघिल्लो साता भएको सेमीफाइनलमा जेनिशसहित ८ जना फाईनलमा प्रवेश गरेका थिए । सिजन वानमा दमदार प्रस्तुति दिदै दर्शक तथा कोचको मन जित्दै आएका मकवानपुरे जेनिस उप्रेतीले उपाधि जित्दै इतिहास रच्न सफल भएका छन् । जेनिश लोकप्रिय गायक प्रमोद खरेलको टिममा रहेका थिए । उपाधि जितेसँगै जेनिशले नगद १५ लाखसहित विभिन्न उपहार जितेका छन् ।

द भ्वाइस किड्समा छोटो सयममा नै कोच फर्काउन सफल भएका जेनिश सुरु देखि नै यस सिजनको प्रमुख उपाधि दाबेदारका रुप रहेका थिए । उनले ब्ल्याण्ड राउण्डमा उदित नारायण झा र दीप नारायण झाको स्वरमा रहेको “ए मरो हजुर” बोलको गीत गाउँदै चारैजना कोचलाई आफूतिर फर्काएका थिए । त्यस्तै ब्याटल राउण्डमा जेनिसले दिप्सन खत्री र निमेश शर्मालाई पछि पार्दै लाइभ राउण्मा प्रवेश गनुभएको थियो । जेनिसले ब्याटल राउण्डमा उदित नारायणकै स्वरमा रहेको “यो गाउँको ठिटो म” बोलको गीत गाएका थिए । पछिल्लो लाईभ राउण्डमा प्रमोद खरेलले गाउनु भएको ‘यो कुरा गोप्य नैं राखौंला’ बोलको गीत गाएका थिए ।सेमिफाईनल राउण्डमा जेनिसले आनन्द कार्कीले गाउनु भएको जनम जनम ज्युउला संगैं’ र फाइलमा स्वरसम्राट नारायण गोपालको ‘ एक्लै तिमी नआऊ म मातिएको बेला’ बोलको गित गाएका थिए ।

प्रतिक्रिया दिनुहोस्