टोखाको झोरमा साहित्यकारहरुको भेला सम्पन्न



काठमाडौं,माघ ४ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा साहित्य अनुरागीहरुको भेला सम्पन्न भएको छ । मंगलबार झोरस्थित कोटे रिसोर्टमा सो कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा संसाक मासिकले ‘साक थोन -२०७८’ को आयोजना गरी टोखादेखी झोरसम्म साहित्यकार दौड प्रतियोगिता समेत आयोजना गरेको थियोे ।

कोरोना महामारीका बीच सामाजिक दुरी कायम गर्दै टोखा नगरपालिकाको प्रायोजन रहेको पूर्व घोषित कार्यक्रममा स्थानीय साहित्यकारदेखि विभिन्न जिल्लाका साहित्यकारलाई समेत सम्मान गरिएको थियोे । कार्यक्रममा केहि कविले मुक्तक तथा कविता वाचन गरेका थिए ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बोल्दै मेयर अधिकारीले साहित्य एक समाज परिवर्तनको संवाहक भएको बताए । आफ्नो कार्यकालमा साहित्यकार तथा लेखकको यसप्रकारको भेला गराउन पाउदा हर्षानुभूती भएको बताए । कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी, संसाक मासिकका सम्पादक उमेश पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा कवि तथा साहित्यकार डाक्टर सत्यराज थपलिया, एचके धिताल, माधब बिडारी, कृष्णसिंह मोक्तान लगायत दुई दर्जन साहित्यकारको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्