इएफएल कप: आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा



एजेन्सी,माघ ७ । लिभरपुल इएफएल अर्थात कारबाओ कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा १० खेलाडीमा समेटिएको आर्सनललाई २-० गोलले पराजित गर्दै लिभरपुलले फाइनलको टिकट काटेको हो ।

दुई टोलीबीचको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । इमिरेट्स रंगशालामा भएको खेलमा लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई गोल गरे । खेलको १९ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई शुरुवाती अग्रता दिलाएका थिए । ७७ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।

निर्धारित समयको अन्तिम मिनेटमा थोमस पार्टी रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा लिभरपुलले समाग्रमा २-० गोलको जित निकालेको हो । अब लिभरपुलले उपाधिको लागि चेल्सीको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्