इन्डियन प्रिमियर लिगका लागि नेपालका १५ खेलाडी सूचीकृत



काठमाडौं,माघ ८ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी( ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडी सूचीकृत भएका छन् । आईपीएलले शनिबार सार्वजनिक गरेको अक्सनमा सहभागी खेलाडीको सूचीमा नेपालका १५ खेलाडीले दर्ता गरेको जनाएको छ ।

१५ जना खेलाडी रहेको भने पनि आईपीएलले उनीहरूको नाम भने खुलाएको छैन । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालबाट १५ जना खेलाडीको नाम पठाएको नेपाली टिमका प्रशिक्षक विनोद दासले जानकारी दिए । उनले आईपीएलबाट नाम कन्फरमेसन भएर आएपछि नाम सार्वजनिक गरिने बताए ।

आगामी फेब्रुअरी १२ र १३ मा मेगा अक्सन हुँदैछ । सो अक्सनमा खेलाडीमाथि बोली लगाइनेछ । यो पटकबाट आईपीएलमा १० वटा टिमले प्रतिस्पर्धा गर्दै छन् । आईपीएलमा नेपालबाट कप्तान सन्दीप लामिछानेले तीन संस्करण खेलेका छन् । उनी दिल्ली क्यापिटल्सबाट आईपीएलमा खेल्ने पहिलो खेलाडी हुन् ।

नयाँ सिजनको आईपीएलका लागि अक्सनमा १ हजार २ सय १४ खेलाडी सामेल हुनेछन् । जसमा ८ सय ९६ भारतका र ३ सय १८ खेलाडी विदेशी रहेका छन् । एसोसियट राष्ट्रबाट ४१ खेलाडीले नाम दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्