दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १–० ले हरायो



काठमाडाैँ,माघ १८ । नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले हराएको छ ।

मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले मोरिससलाई १–० ले हराएको हो । खेलको एकमात्र निर्णायक गोल सुजल श्रेष्ठले गोल गरेका हुन् । उनले दसौं मिनेटमा गोल गरेका हुन् ।

नेपाली टिममा किरण लिम्बू, अञ्जन विष्ट (सुवास गुरुङ), आशीष लामा (विमल घर्तीमगर), दर्शन गुरुङ (गौतम श्रेष्ठ), एरिक विष्ट (सुमन लामा), पुजन उपरकोटी, तेज तामाङ (सन्तोष तामाङ), सुजल श्रेष्ठ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, नवीन गुरुङ (मनीष डाँगी) रहेका छन ।

प्रतिक्रिया दिनुहोस्