ओमानविरुद्ध बलिङ गर्दै नेपाल



काठमाडौं, माघ २८ । चारदेशीय टी–२० सिरिज अन्तर्गत आयोजक ओमानविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । अल अमेरात क्रिकेट ग्राउन्डमा टस जित्दै नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

सिरिज अन्तर्गत नेपालले ओमानविरुद्ध पहिलो खेल खेल्दैछ ।आज दुबै टोली जित निकाल्दै सिरिजको सुखद सुरुवात गर्न चाहन्छन् ।

सिरिज अन्तर्गत नेपालले दोसो खेलमा युएईसँग शनिबार खेल्नेछ भने सोमबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’ अघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्