सन्दीप आइपिएल अक्सनमा बिकेनन्



एजेन्सी,माघ २९ । नेपाली क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा अनसोल्ड भएका छन् । बेंगलोरमा पहिलो दिनको सम्पन्न अक्सनमा सन्दीप अन सोल्ड अथार्त कुनैपनि टोलीले उनलाई किकेनन् । सन्दीपले ४० लाख भारु अर्थात ६४ लाख नेपाली रुपैयाँ न्यूनतम मूल्य तोकेका थिए ।

पहिलो दिनको अन्तिम सेटको अन्तिम नम्बरमा परेका सन्दीप अनसोल्ड भएका हुन् । गत वर्ष पनि सन्दीप अनसोल्ड भएका थिए । सन् २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले न्यूनतम मूल्य २० लाख भारु अक्सनमा किनेपछि सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । २०२० सम्म दिल्लीमा रहेका सन्दीपले ९ खेल खेल्दै १३ विकेट लिएका थिए । २०२१ मा भने दिल्लीले सन्दीपलाई फुकुवा गरेको थियो । तर अक्सनमा सन्दीपलाई कुनै पनि टोलीले रुचि देखाएनन् ।

२०१८ मा दिल्लीले लिगबाट बाहिरिएपछि अन्तिम तीन खेलमा मौका दिँदा सन्दीपले ५ विकेट लिएका थिए । २०१९ मा ६ खेलमा सन्दीपले ९ विकेट लिएका थिए । २०२० मा भने पुरै बेन्चमा बसेर फर्किएका थिए । मेगा अक्सनमा सन्दीपले ४० लाख भारु अर्थात ६४ लाख नेपाली रुपैयाँ न्यूनतम मूल्य राखेका थिए । २०२१ को अक्सनमा भने सन्दीप विकेका थिएनन् ।

सुरश रैना, स्टिभ स्मिथ, आदिल राशिद, सकिब अल हसन, मुजिब उर रहमान, उमेश यादव, मोहम्मद नाबी, डेविड मिलर, इमरान ताहिर एडम जाम्पा र अमित मिश्रा जस्ता खेलाडी विकेका छैनन् । अफगानिस्तानका १७ वर्षिय नुर अहमदलाई गुजरात टाइटन्सले ३० लाख भारुमा अनुबन्ध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्