नेकपा समाजवादी भद्रुटारको अध्यक्षमा रमेश सिटौला



नुवाकोट,फागुन १४ । नेकपा एकीकृत समाजवादी भद्रुटारको अध्यक्षमा रमेश सिटौला चुनिएका छन् । शनिबार पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा आयोजित सो पार्टीको भेलाले सिटौलालाई अध्यक्षको पदमा निर्विरोध चयन गरेको हो ।

नेकपा एकीकृत समाजवादी नुवाकाेटकाे सङ्गठन विस्तार अभियान अन्तर्गत शनिबारको सो भेलाले अन्य पदाधिकारीमा उपाध्यक्षमा केशव गिरी, कान्छी तामाङ र हितबहादुर तामाङ, सचिवमा बसन्त पाण्डेसहित ३१ सदस्यीय समिति चुनिएका हुन ।

सो कार्यक्रममा पार्टिका पाेलिट्व्युराे सदस्य तथा नुवाकाेटका ईन्चार्ज राजेन्द्र लाेहनिकाे प्रमुख आतिथ्यता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्