प्रथम शिवपुरी वडाकप: गाउँपालिकाका वडा नम्बर २, ३, ५ र ६ सेमिफाइनलमा प्रवेश



नुवाकोट,फागुन १५ । नुवाकोटको शिवपुरी गाउँपालिकामा सञ्चालन भइरहेको प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा शिवपुरी गाउँपालिका वडा नं. २, ३, ५ र ६ प्रवेश गरेका छन् । 

शिवपुरी रंगशाला सुनखानीमा भएको नाइन ए साइड फुटबलको लिग खेलमा वडा नं ६ ले वडा नं. ४ लाई ६–२ ले पराजित गर्‍यो । वडा नंं ६ का लागि अनिस जिसीले २ गोल, सौजल जिसीले २ गोल तथा अमृत तामाङले १ र आलिग तामाङले १ गोल गरे । वडा नं. ४ का लागि सुमन तामाङले २ गोल गरे । जीतसँगै समूह ए मा रहेको वडा नंं ६ ले ६ अकं जोड्दै समूह विजेता र वडा नं. २ पनि ३ अंकका साथ उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । 

त्यस्तै अर्को खेलमा वडा नंं ७ र वडा नं ३ ले दुई÷दुई गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । वडा नंं ७ का लागि विवेक खड्काले २ गोल गरे । वडा नंं ३ का लागि सञ्जिव तामाङले १ गोल र सविन तामाङले १ गोल गरे । समूह बि मा रहेको वडा नं ३ समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । वडा नं. १ बाट वाकओभर पाएपछि वडा नं. ५ पनि समूह विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । 

फाइनल प्रवेशका लागि अब वडा नंं ६ र वडा नं. ३ तथा वडा नंं ५ र वडा नंं २ बीच प्रतिष्पर्धा हुनेछ । शिवपुरी गाउँपालिकाको सहयोगमा शेराबगर विकास समाजले आयोजना गरेको प्रतियोगिताका सेमिफाइनलका खेलहरु फागुन १६ गते हुनेछ भने फाइनल र तेस्रो स्थानका लागि खेल फागुन १७ गते हुनेछ । 

प्रतिक्रिया दिनुहोस्