एमसीसीको विरोधमा ६ दलको तर्फबाट आज नेपाल बन्दको घोषणा



काठमाडाैँ,फागुन १७।  संसदबाट एमसीसी सम्झौता अनुमोदनको विरोधमा ६ साना कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा नेपाल बन्द आह्वान गरेका छन् । उनीहरूले एमसीसी राष्ट्रघाती सम्झाैता भएको दाबी गर्दै आएका छन ।  आइतबार नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ती दलहरुको बैठकले फागुन १६ गते बन्द गर्ने निर्णय लिएको हो ।

नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र जनताले देशव्यापी जनसंघर्ष गर्दागर्दै देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट रातारात पारित गर्ने मुर्खता गरिरहेको ती दलहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बन्द आह्वान गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्