नुवाकोटमा नेपाल बन्दको प्रभाव, टोखा-छहरे मार्ग ठप्प



नुवाकोट,फागुन १६ । संसदबाट एमसीसी सम्झौता अनुमोदनको विरोधमा ६ साना कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा गरेको नेपाल बन्दको प्रभाव नुवाकोटमा पनि परेको छ । बन्दको कारण टोखा-छहरे सडकखण्ड प्रायः सुनसान रहेको बिप्लव समूहका एक नेताले बताए ।

सामाखुसी हुँदै नुवाकोट प्रवेश गर्ने सुमोमा केहि यात्रु आएपनि चोकमै अलपत्र परेको व्यवसायीहरुले बताएका छन् । यता ढिकुरेमा पानीको ट्याक्टर तेर्साएर बन्दकर्ताले बीच बाटोमा नै राखेको भन्दै युवाहरूले अत्यावश्यक सवारीसाधन एम्बुलेन्स भने सञ्चालन सहजताका प्रयास भैरहेको बताइएको छ ।

नेतृत्व तहमा एमसीसी पास भएपनि कार्यकर्ता तहमा एमसीसी राष्ट्रघाती सम्झाैता भएको दाबी गर्दै आएका छन । बन्दको आव्हान गर्दै उनीहरुले नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र जनताले देशव्यापी जनसंघर्ष गर्दागर्दै देउवा सरकारले एमसीसी कम्प्याक्ट रातारात पारित गर्ने मुर्खता गरेको ती दलहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बन्द आह्वान गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्