शिवपुरी वडाकप: उपाधिका लागि वडा नम्बर ६ र ५ भिड्ने



नुवाकोट, फागुन १६ । शिवपुरी गाउँपालिका वडा नंं ६ नुवाकोटको शिवपुरी गाउँपालिकामा सञ्चालन भइरहेको प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

शिवपुरी रंगशाला सुनखानीमा भएको नाइन ए साइड फुटबलको पहिलो सेमिफाइनल खेलमा वडा नं. ६ ले वडा नंं ३ लाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गर्न सफल भयो । निर्धारित ७० मिनेटको खेल एक/एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । 

पेनाल्टी सुटआउटमा ४/४ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । वडा नं. ३ का समिर तामाङको पेनाल्टी प्रहार वडा नं. ६ का गोलकिपर अमृत जिसीले रोकेपछि खेलमा वडा नं. ६ ले बाजी मारेको हो । 

३१ औं मिनेटमा वडा नंं ६ का खेलाडी अशोक तामाङले आत्मघाती गोल गरेपछि खेलमा अग्रता भने वडा नंं ३ ले लिएको थियो । खेलको ३९ आंै मिनेटमा वडा नं. ६ का अनिस जिसीले बराबरी गोल गरे । त्यसपछि निर्धारित समयमा कुनै टिमले पनि गोल गर्न नसकेपछि खेल बराबरीमा पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस्