प्रथम शिवपुरी वडाकप : प्रतियोगितामा वडा नम्बर ६ का खेलाडीले मारे बाजी



नुवाकोट,फागुन १७। “शिवपुरीको शान, युवा खेलाडीको पहिचान” भन्ने मुल नाराका साथ  श्री शेराबगर विकास समाजद्वारा आयोजित प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिता २०७८ सम्पन्न भएको छ ।

शिवपुरी गाउँपालिकाको सहयोगमा सुनखानीको रंगशालामा सञ्चालन भएको प्रतियोगिता सम्पन्न भएको हो । शिवपुरी गाउँपालिकाका ८ वटा वडा मध्ये ७ वटा वडाले भाग लिएको प्रतियोगिताको समूह ए मा ३ वटा वडा र समूह बी मा ४ वटा वडा खेलेका थिए ।

आज सम्पन्न खेलमा शिवपुरी गाउँपालिका वडा नम्बर ५ का खेलाडीलाई हराउदै वडा नम्बर ६ का खेलाडीले खेल जित हात पारेका हुन। वडा नम्बर ५ लाई ० को विरुद्ध १ गोल गर्दै वडा नम्बर ६ ले जित हासिल गरेको हो ।

सो टीमका अशोक तामाङले निर्णायक गोल गरेका थिए । दोस्रो स्थान भने वडा नम्बर ५ का खेलाडीले हात पारेका छन् । नेपाली काङ्ग्रेस वडा नम्बर ६ का सभापति माधब पाठकले खेलाडीलाई धन्यवाद व्यक्त गरेका छन् । पाठकले खेलकुदजन्य विभिन्न कार्यक्रममा महत्त्वपूर्ण भूमिका निभाउदै आएका थिए ।

प्रतियोगितामा प्रथम हुने खेलाडी टिमले एक लाख, द्धितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् । साथै हरेक खेलका म्यान अफ द म्याच र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिड फिल्डर, सर्वोत्कृष्ट गोलकिपर, सर्वोत्कृष्ट फरवार्डलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्