गायक थापाले ल्याए सेतोसेतो कमेरो माटो बोलको लोकगीत, सांसद तामाङले गरेको विमोचन



काठमाडौ,फागुन १७ । काठे लोकदोहोरी क्षेत्रका चर्चित गायक संगमजंग थापाले नयाँ लोकगीत बजारमा ल्याएका छन् ।

गायक स्वयं र चर्चित लोकदोहोरी गायिका प्रतिमा अर्यालको स्वर रहेको सो गीतको भिडियो प्रतिमा अर्याल युट्युब च्यानलबाट डिजिटल दुनियाँमा बजारमा आएको हो । गीतको विमोचन नुवाकोट माओवादी केन्द्र तथा संघीय सांसद हितबहादुर तामाङले गरेका हुन।

काठमाडौ टोखास्थित सेभेन ह्याण्ड्स क्याफेमा विमोचन गर्दै सांसद तामाङले लोकगीत संगीत जगेर्ना गर्नु नवपीढीको परम कर्तव्य भएको बताए ।

गायक थापाको उक्त गीतमा अनु पराजुली,निरज श्रेष्ठ र जीवन कार्की ले अभिनय गरेका छन् ।

हेर्नुस् पूरा भिडियो

प्रतिक्रिया दिनुहोस्