गुल्मीमा पोखरीमा डुबेको अबस्थामा महिलाको शब फेला



गुल्मी,फागुन १९ । गुल्मीमा पोखरीमा डुबेको अबस्थामा महिलाको शब फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अबस्थामा नाम थर नखुलेकी महिलाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपलाचन्द्र भट्टराईले बताए ।

बिहिवार बिहान सर्बजनिक पोखरीमा अन्दाजी ६७, ६८ वर्षकी महिला डुबेको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत अबस्थामा फेला परेकी पहिलाको पहिचाहन हुन बाँकी रहेको प्रहरी उपरिक्षक (एसपी) भट्टराईले बताए ।

घटना बारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव निरिक्षक महेश्वर उपाध्यायको नेतृत्वमा टोली घटना स्थल तर्फ लागेको छ ।

प्रतिक्रिया दिनुहोस्