छुट्टाछुट्टै स्थानमा बालिका र किशोरी बलात्कृत

ललितपुर,फागुन १९ । छुट्टाछुट्टै स्थानमा बालिका र किशोरी बलात्कृत भएका छन् । ललितपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोञ्ज्योसोम गाउँपालिका–२ शंखु बस्ने २८ वर्षीय सन्तमान थोकरलाई प्रहरीले पक्राउ गरेको हो । थोकरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
त्यस्तै, झापा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका–४ करेला चोक बस्ने १९ वर्षीय रमेश लिम्बुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।